× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३४२१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १६८६

    ३ वर्ष पहिले

    साउन-११,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय २१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ३८ हजार ९ सय १८ जना पुगेको छ ।

    २४ घण्टामा १२ हजार २ सय ४० जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ९१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ५१ हजार ३ सय २३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार ३० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा २ लाख ९४ हजार ७ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९ सय ८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २५ हजार ९३ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ८ सय १५ रहेको छ।

    २४ घण्टामा १ हजार ६ सय ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ४५ हजार ३ सय १ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८७.३३ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ७ सय ३८ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ५९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ६९ जना र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भईरहेको छ ।