× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग वरिष्ठ चिकित्सक केसीको माग

    ३ वर्ष पहिले

    साउन-१२,लामो समयदेखि चिकित्सा क्षेत्रको सुधारका लागि संघर्षरत वरिष्ठ चिकित्सक गोविन्द केसीले नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्।

    देशको सार्वजनिक स्वास्थ्य प्रणाली धराशायी बनाएर निजी अस्पताल फस्टाएको पृष्ठभूमिमा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य मन्त्रालयमा जिम्मेवारी दिने कदम निन्दनीय भएको र आफूहरूलाई स्वीकार्य नहुने डाक्टर केसीले चेतावनी दिइदै स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ६ बुँदे खबरदारी पत्र प्रस्तुत गरेका छन्।

    यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चलिरहेको आन्दोलनका सबै माग पूरा गरेर संस्था सुधारलाई अघि बढाउनुपर्ने, अघिल्लो सरकारको संरक्षणमा रहेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीलाई धम्क्याउने व्यक्तिलाई कानुनअनुसार कारबाही हुनुपर्ने र कुनै पनि बहानामा निजी मेडिकल कलेज खोल्न नहुने उहाँको भनाइ छ ।

    यस्तै आउँदो शैक्षिक सत्रदेखि गेटा मेडिकल कलेजमा र त्यसपछिको शैक्षिक सत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस सुरु गर्ने कुरालाई निश्चित गर्न पनि डाक्टर केसीले माग गर्नुभएको छ ।