× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गण्डकी सरकारले ‘थ्रेसहोल्ड’ हटाएर साना दललाई सेवासुविधा दिने निर्णय

    ३ वर्ष पहिले

    साउन-१४,गण्डकी प्रदेश सरकारले ‘थ्रेसहोल्ड’ हटाएर साना दललाई सेवासुविधा दिन निर्णय गरेको छ।

    सोमबार मन्त्रिपरिषद्को बैठकले प्रदेशसभा पदाधिकारीको ऐन संशोधन गर्दै आफूलाई समर्थन गरेका दलको थ्रेसहोल्ड हटाएर सेवासुविधा बढाउन प्रदेश सरकारले निर्णय गरेको हो ।

    प्रदेशसभाका पदाधिकारी र सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐनमा सुविधाका लागि १० प्रतिशत थ्रेसहोल्ड कटाउनुपर्ने व्यवस्था गरिएको थियो । थ्रेसहोल्डकै कारण राष्ट्रिय जनमोर्चा र जसपाले संसदीय दलको सुविधा पाउन सकेका थिएनन् । उनका अनुसार जसपा र राजमो दलका नेता र सचेतकले ठूलो दलसरह मान्यता प्राप्त गर्ने गरी थ्रेसहोल्ड हटाउने प्रस्ताव प्रदेशसभामा लैजाने तयारी भएको छ ।

    यो विधेयक प्रदेशसभाबाट पास भए राजमो र जसपाका संसदीय दलका नेता एवं सचेतकले पनि बराबरी सेवासुविधा प्राप्त गर्नेछन् ।सो दलको नेता, प्रमुख सचेतकको तलब वृद्धि हुन्छ भने गाडी सुविधा पाउनेछन् ।