३ वर्ष पहिले
साउन-१४, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञा साउन २४ गते राति १२ बजे सम्मको लागि निरन्तरता दिएको छ ।
चितवन जिल्लामा अझै पनि कोरोना संक्रमणको जोखिम उच्च रहेको ले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए ।
जिल्लामा संक्रमण दर थप/घट भएमा निषेधाज्ञालाई थप खुकुलो वा कडाई गर्न सकिने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको आदेशमा जनाएको छ ।