× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३६११ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८१६

    ३ वर्ष पहिले

    साउन-१५,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ११ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ५३ हजार ६ सय ३३ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ७ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ६७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३५ लाख ९४ हजार २ सय २ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ७८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ हजार १ सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख १४ हजार १ सय ११ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार १४ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २७ हजार ८ सय ३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ सय ९४ रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ५२ हजार २ सय ६१ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.५४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ३४ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ९० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय ८६ जना र भेन्टिलेटरमा १ सय ६१ जनाको उपचार भईरहेको छ ।