× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    कोभिड १९ बारे जनचेतना जगाउन मुग्लिन हाइवे हस्पिटलद्धारा निशुल्क स्वास्थ्य सिविर

    ३ वर्ष पहिले

    श्रावण १५, चितवन
    मुग्लिन हाइवे हस्पिटलले कोभिड १९ बारे जनचेतना जगाउने उद्देश्यले विभिन्न ग्रामिण क्षेत्रहरुमा पुगि निशुल्क स्वास्थ्य परिक्षण गर्न सिविर सञ्चालन गरेको छ ।

    पहिलाे चरण अन्तरगत गोरखाको शहिद लखन गाउँपालिका वडा नं. ३ अन्तरगत रहेका निभारे, नयाँबस्ती, तारेडाडा, तीनघरे लगाएतका गाउँहरुमा सिविर सञ्चालन गरेको हस्पिटलका सञ्चालक किशोर गुरुङ्गले बताउनुभयो ।

    कोभिडका लक्षण देखिएका १५ जनाको आरडिटि, ४० जनाको भिडियो एक्स्रे र अन्य विरामी गरी जम्मा ७५ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरेको गुरुङ्ले बताउनुभयो ।

    सिविरमा स्वास्थ्य परिक्षण गर्न आउनेहरु मध्ये फिवरकाे विरामी धेरै रहेकाे तर आरडिटि परिक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको डा. प्रमोद कोइरालाले जानकारी दिनुभयो ।

    त्यस्तै सिविर सञ्चालनकाे क्रममा डा . कोइरालाले कोभिड १९ बाट बच्न के कस्ता उपाएहरु अपनाउन सकिन्छ भन्ने विषयमा सचेतना गराएका थिए ।


    गोरखाको विभिन्न गाउहरुमा गरिएको निशुल्क स्वास्थ्य सिविरमा निशुल्क औषधी, मास्क, सेनिटाइजर र थर्ममिटर वितरण गरिएको मुग्लिन हाइवे हस्पिटलका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो ।

    हस्पिटलले चितवनका इच्छाकामना गाउँपालिका भित्र रहेका विभिन्न गाउँहरुमा पनि निशुल्क स्वास्थ्य सिविर सञ्चालन गरिने अध्यक्ष लामाले बताएका छन् । मुनाफा रहित जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना भएकाे यस हस्पिटल विगत २ वर्षदेखि सञ्चालनमा रहेकाे छ ।