× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    पछिल्लो २४ घण्टामा ३१०६ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९१६

    ३ वर्ष पहिले

    साउन-१६,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ५६ हजार ७ सय ३९ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार २ सय ६३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २ सय ८० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३६ लाख ३ हजार ४ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख १८ हजार ३ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ५५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या २८ हजार २ सय ५४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ सय १ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय १६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ५४ हजार १ सय ७७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६.४४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ जना पुगेको छ ।

    हाल क्वारेन्टिनमा ३ सय ८० जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ६ जना र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भईरहेको छ ।