× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गाउँटोलमा पुगेर स्वास्थ्य सेवा दिदै मुग्लिन हाइवे हस्पिटल

    ३ वर्ष पहिले

    श्रावण २३, मुग्लिन ।
    मुग्लिन हाइवे हस्पिटलले कोरोना भाइरस बारे जनचेतना दिने उद्देश्यले गाउँटोलमा पुगेर निशुल्क स्वास्थ्य सेवा दिने अभियानलाई निरन्तरता दिएको छ । शुक्रबार इच्छाकामना गाउपालिका वडा नं. ५ स्थित तामिन भञ्याङ्गमा सिविरको आयोजना गरी ७५ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको हस्पिटलका संचालक एवम् निशुल्क घुम्ति स्वास्थ्य शिविरका संयोजक किशोर गुरुङ्गले जानकारी दिनुभयो ।

    स्वास्थ्य परिक्षण गर्न आएका विरामीहरु मध्ये १० जनाको भिडियो एक्स्रे ५ जनाको एन्टिजेन टेस्ट गरिएको र एन्टिजेन्ट टेष्ट सबैको नेगेटिभ आएको डा. प्रमोद कोइरालाले बताउनुभयो । डा. कोइरालाले कोभिड १९ का सम्बन्धमा जनचेतनामूलक जानकारी गराएका थिए ।


    कोभिड १९ बारे जनचेतना जगाउने उद्देश्यले गरिएको उक्त सिविरमा औषधी, मास्क, स्यानिटाईजर लगाएतका स्वास्थ्य सामाग्रीहरु निशुल्क रुपमा विरतण गरिएको थियो । त्यस्तै हस्पिटलका संचालक विष्णु कुँबर, राजु श्रेष्ठद्धारा ५ थान डिजिटल थर्मोमिटर, मास्क लगाएत स्वास्थ्य सामाग्री तामिन टोल सुधार समितिका अध्यक्ष जीत बहादुर थापालाई हस्तान्तरण गरेका छन् ।

    तामिनमा सिविर सञ्चालनको लागि स्वास्थ्यकर्मी चढ्न र औषधी लगाएतका स्वास्थ्य सामाग्री बोक्न इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष कृति कुमार श्रेष्ठले आफुले चढ्दै आएको जिप सहयोग गरेका थिए ।