× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तालिवानद्वारा २४ घण्टामा दोस्रो प्रान्तीय राजधानी पनि कब्जा

    ३ वर्ष पहिले

    साउन-२३, तालिवानले उत्तरी अफगानिस्तानको ज्वोजान प्रान्तको राजधानी सेबर्घान शहर नियन्त्रणमा लिएको छ। यसअघि शुक्रबार मात्र तालिवानले निमरुज प्रान्तको राजधानी जरान्ज शहर नियन्त्रणमा लिएको थियो।

    तालिवानले अघिल्लो दिन प्रान्तीय राजधानी कब्जा गरेको २४ घण्टा नबित्दै अफगानिस्तानको दोस्रो प्रान्त ज्वोजानको राजधानी सेबर्घान शहर नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ।

    लामो समयसम्म चलेको युद्धपछि अहिले भने तालिवानले सैनिक अखडा र एयरपोर्ट बाहेक पुरै शहर कब्जामा लिइसकेको जनाएको छ । देशका अन्य इलाकामा पनि भिडन्त जारी छ । लडाँइमा तालिवान विजयी हुन थालेसँगै सर्वसाधारणहरु एकपछि अर्को गर्दै गाउँ छाडेर हिड्न थालेका छन् ।

    सन् २००१ मा अमेरिकी नेतृत्वको कारवाहीबाट अफगानिस्तानको सत्ताबाट बाहिरिएको तालिवान केही महिनायता फेरि सक्रिय भएको छ। अफगानिस्तानबाट विदेशी सेना फर्किने तय भएपछि तालिवानले फेरि आफ्नो पकड बलियो बनाउने प्रयास गरेको हो।

    तालिवानले दर्जनौं शहर र सीमावर्ती क्षेत्र यसअघि नै नियन्त्रणमा लिइसकेको छ। यस्तै, कान्दहर र हेरत प्रान्तको राजधानीमाथि आक्रमण गरिरहेको छ।

    इरानसँग सीमा जोडिएको जरान्ज शहरमा कब्जा जमाएको तालिवानले यसलाई रणनीतिक जितका रुपमा व्याख्या गरेको छ।