× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • पर्यटन

    नाङ्लो रेस्टुरेन्ट र रिभरसाइड स्प्रिङ रिसोर्टका अध्यक्ष कक्षपतिकाे निधन ।

    ३ वर्ष पहिले

    मंगलबार, काठमाण्डाै । नेपालको इतिहासमा रेस्टुरेन्टमा गएर खाना खाने चलन शुरुवात गराउने , मोमो ब्रान्डिङ्ग गर्ने, चेन क्याफे एवं रेस्टुरेन्ट शुरुवात गराउने, प्रशिद्द पर्यटन ब्यबसायि, पुर्व हानका अध्यक्ष , शुभतारा स्कुलका संस्थापक तथा दि बेकरी क्याफे, नाङ्लो रेस्टुरेन्ट र रिभरसाइड स्प्रिङ रिसोर्टका अध्यक्ष शुन्दरलाल कक्षपतिकाे ७४ बर्षकाे उमेरमा मुखकाे क्यान्सरकाे उपचारकाे क्रममा थाइल्याण्डकाे बैंककमा साेमबार बेलुका करिब ५ः३० बजे निधन भएकाे पारिवारीक श्राेतले बताउनु भएकाे छ । मुखसम्बन्धी क्यान्सरको समस्याबाट पीडित कक्षपति झण्डै पाँच महिनादेखि थाइल्याण्डकाे बैंककमा उपचाररत् थिए।

    नेपाल मै पहिलाे पटक बानेश्वर स्थित दि बेकरी क्याफे ब्रान्चमा बहिराे वेटर एवं कामदार राखेर नबिन कामकाे शुरूवात गर्ने कक्षपति “हामीले खानामा नेपाली स्वाद दिन जिरा, धनिया जस्ता मसला सिलौटामा बिस्तारै पिसेर मात्र तरकारीमा हाल्नुपर्छ, प्याकिङ गरेको त सकेसम्म प्रयोग गर्नुहुन्न भन्ने गर्नुहुन्थ्याे” उहालाइ नजिकबाट चिन्नेहरू बताउनु हुन्छ । नविन सेाचका उत्प्रेरक कक्षपतिकाे निधनले सिंगाे राष्ट्रलाइ नै घाटा हुने हानका सम्बद्ध श्राेतकाे दावी छ ।

    पाल्पाली समाजसेवीले समेत परिचित कक्षपतिकाे पुरा नाम श्याम शुन्दरलाल कक्षपति हुन भने श्रीमति रानी गुरूङ कक्षपति हुन । उनीहरूका दुइ सन्तान छाेरा जयन र छाेरी नयनतारा छन् ।