३ वर्ष पहिले
साउन-२६, काठमाडौं उपत्यकामा भाद्र ८ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
नयाँ निषेध आदेशमा अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्ने पर्ने छ । यसबाहेक अन्य निषेध आदेशरुमा पुरानै आदेशहरुलाई निरन्तरता दिइएको छ ।
उपत्यकामा संक्रमण दर बढेमा निषेधाज्ञालाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा जनाएको छ ।