× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्नेलाई कारबाही

    ३ वर्ष पहिले

    साउन-२६, चितवनको नारायणगढ बजार क्षेत्रमा निषेधाज्ञा उल्लंघन गरी होटल तथा पसल संचालन गर्ने २० जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले कारबाही गरेको छ ।

    पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरि निषेधाज्ञाको उल्लघंन गरि होटल तथा पसल संचालन गरेकोले उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाउँदै जिल्ला प्रशासन कार्यालयले चितवनले निषेधाज्ञा कडाई गरि हिँजो (सोमबार)देखि लागू हुनेगरी साउन ३२ गतेसम्मको अवधि लम्बिएको थियो ।