× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कुरिनघाटमा २ वटा मोटरसाइकल ठोक्किदा १ को मृत्यु २ घाइते ।

    ३ वर्ष पहिले

    श्रावण २६, कुरिनटार
    कुरिनघाट नजिकै आज दुइवटा मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु र २ घाइते भएका छन् । मुग्लिनबाट काठमाण्डौं तर्फ जादै गरेको ना १६ प ५५३१ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आइरहेको बा ४६ प ३२० नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तरगत चितवनको कुरिनटार नजिकै चितुवाभिरमा दुर्घटनमा परेको हो । दुर्घटनाका कारण पुतली बजार नगरपालिका वडा नं. ४ बस्ने वर्ष २६ को सुशिल पोख्रेलको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनमा अन्य दुइ घाइते रहेको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका मोटरसाइकललाई इलाका प्रहरी कार्यालय मुग्लिनले आफ्नो नियन्त्रणमा लिएको छ ।