× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा जारी गरिएको निषेधाज्ञामा केहि संसोधन

    ३ वर्ष पहिले

    साउन-२७, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि चितवन जिल्लामा जारी निषेधाज्ञामा केहि संसाधन गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको संसोधन आदेशमा सञ्चालन गर्न पाइनेमा औषधि, अक्सिजन सिलण्डिर तथा स्वास्थ्य साम्राग्री सम्बन्धि पसल, वीउबिजन पसल, एग्रोभेट, रासायनिक मल, भेटेनरी औषधि पसल रहेको छ ।

    यस अघि जारी आदेशमा वीउबिजन पसल, एग्रोभेट, रासायनिक मल, भेटेनरी औषधि पसल दैनिक बिहान १० बजेसम्ममात्र सञ्चालन गर्न पाइन्थ्यो ।

    यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, चल्ला, दाना पसल, पूजा सामग्री पसल दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म समेत सञ्चालन गर्न पाइने भएको छ ।