× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३४८१ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८८५

    ३ वर्ष पहिले

    साउन-२७,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ९५ हजार ३ सय ९१ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ९ सय ७ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख १८ हजार ३ सय ३ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ६५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ७५ हजार ३ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३३ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३४ हजार ८ सय १३ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय २० रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय ८५ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.८७ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार १ सय ८० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ९९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ९६ जना र भेन्टिलेटरमा १ सय ८४ जनाको उपचार भईरहेको छ ।