× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी नेता कुलप्रसाद केसी नियुक्त

    ३ वर्ष पहिले

    लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त भएका छन्।

    प्रदेश प्रमुख अमिक शेरचनले माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई नेपालको संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन्। केसीले आजै पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै छन्।

    बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न बिहीवार ३ बजेसम्मको समयसिमा दिएका थिए।

    जस अनुसार केसीले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक जना सूर्य चिन्ह लिएर चुनाव लडेका सांसद सहित ४२ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए।

    २०७४ सालको चुनावमा रोल्पाको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित केसी गत वैशाखसम्म प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्री रहेका थिए।