× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३२६० जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२९४

    ३ वर्ष पहिले

    साउन-२८,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ६० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ९८ हजार ६ सय ५१ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ८ सय ६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख २९ हजार १ सय ९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ८७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ८० हजार ५५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३४ हजार ८ सय ३८ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ४२ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ९४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.८१ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३२ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार २ सय १२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ४१ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३७ जना र भेन्टिलेटरमा १ सय ८३ जनाको उपचार भईरहेको छ ।