३ वर्ष पहिले
साउन-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६ सय २० जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ५ हजार १ सय ९० जना पुगेको छ ।
२४ घण्टामा ८ हजार ६ सय६६ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ४७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ४९ हजार ४ सय ८४ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ७७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ९१ हजार ८ सय ३५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४ सय ५ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार २ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ४ सय ३ रहेको छ।
२४ घण्टामा १ हजार ३ सय २० जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ८० हजार ८ सय १५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६४५रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ५९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ११ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ६० जना र भेन्टिलेटरमा १ सय ८६ जनाको उपचार भईरहेको छ ।