× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको इच्छाकामनामा नेकपा एमाले इच्छाकामना गाउँ कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन

    ३ वर्ष पहिले

    साउन-३०, चितवनको इच्छाकामना गाउँपालिकामा नेकपा एमालेको गाउँ कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

    सर्वोच्च अदालतले नेकपा खारेज गरी एमाले र माओवादी छुट्टाए पश्चात गठन भएको गाउँ कमिटीको सपथ ग्रहण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम इच्छाकामना गाउँपालिका वडा नम्बर ४ कुरिनटारमा भएको हो ।

    सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेकपा एमालेका नेता तथा चितवन क्षेत्र नं २ का संघीय सांसद कृष्णभक्त पोखरेल उपस्थित हुनुभएको थियो।

    कार्यक्रममा अन्य अतिथिहरुमा नेकपा एमाले प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी, जिल्ला कमिटीका अध्यक्ष पार्वती रावल, सचिव प्रकाश खनाल शैलेस, चितवन क्षेत्र नं २ का इन्चार्ज नारायण अधिकारी, इच्छाकामना गाउँपालिकाका इन्चार्ज दानबहादुर गुरुङ्ग, अध्यक्ष कृष्ण प्रसाद सिलवाल लगायतको सयौको संख्यामा एमाले एवं युवा संघका कार्यकर्ताहरु सहभागी भएका थिए ।