× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाली कांग्रेसको महाधिवेशन मंसिर ९ गतेदेखि १३ गते सम्म काठमाडौँमा हुने

    ३ वर्ष पहिले

    साउन-३०, नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको निर्धारित मिति सारेको हो।

    परिमार्जित तालिका अनुसार अब वडास्तरको अधिवेशन भदौ १८ गते हुनेछ। गाउँ र नगरको अधिवेशन भदौ २७ गते हुनेछ। यस्तै प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको असोज ५ र जिल्ला अधिवेशन असोज १० गते हुनेछ। प्रदेश सभाहरुकाे अधिवेशन असोज १०, ११ र १२ गते हुनेछ।

    यस्तै, संघीय निर्वाचन क्षेत्रको अधिवेशन भने असोज ५ गते हुनेछ ।

    बैठकले क्रियाशील सदस्यताको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने अन्‍तिम म्याद भदाै २ गतेसम्म तोकेको छ।