× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    गैर आवासीय नेपाली संघ (एन.आर.एन.ए) का अभियन्ता विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने ।

    ३ वर्ष पहिले

    बेलायत – विश्वभरि छरिएर रहेका र ३० भन्दा बढी देशमा गठन भइसकेको ग्लोवल गोरखा समाजका अध्यक्ष एवं गैर आवासीय नेपाली संघका (एनआरएनए) अभियन्ता लण्डन निवासी विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अक्टोवरमा हुन गइरेकाे आगामी कार्यकालको लागि संघको चुनावमा अधिकारीले उम्मेदवारी दिने घोषणा गरेका हुन् । गएकाे निर्वाचनमा आइसिसी सचिवको प्रतिस्पर्धी समेत रहेका अधिकारीसंग एनआरएनए यूकेमा विभिन्न संघसंस्था र पदमा रहेर काम गरेको अनुभव छ ।

    नेपालकाे संविधानमा उल्लेख हुँदा पनि गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन बन्न नसक्नु र कार्यान्वयनमा आउँन नसक्नु चिन्ताको विषय भएको बताउँदै गैर आवासीय नेपालीहरुको प्रमुख मुद्धा गैर आवासीय नेपाली नागरिकतालाई प्राथमिकतामा राखेर काम गर्न आफ्नो उम्मेदवारी रहेकाे अधिकारीले बताए ।

    चितवनकाे इच्छाकामना, कुरिनटारमा घर भएका हाल यु.के.मा व्यवसाय सञ्चालन गर्दै आउनु भएका जाेशिलाे युवा अधिकारी आफु युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागि गराउन, महिलाहरुका मुद्धाहरुलाई सशक्त रुपमा उठाउन, महिला सहभागिता बढाउन, गोखार्जहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशमा नेपालको पर्यटन प्रबद्र्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा वृद्धि गर्न, नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएन निर्माणमा सहयोग गर्न जस्ता विभिन्न एजेन्डा लिएर चुनावमा आएकाे बताउनु हुन्छ । गोरखा समाजले अधिकारीको नेतृत्वमा नेपालमा कोरोनाको दोस्रो लहरमा विश्वभरका गोरखाबासी नेपालीहरुबाट सहयोग संकलन गरेर गोरखा जिल्लामा प्रत्येक स्वास्थ्य केन्द्रहरुलाई ४० वटा अक्सिजन कन्सनट्रेटर तथा करोडौँ रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्न सफल भएको थियो । ग्लोबल गोरखा समाजको नेतृत्वमा आएसँगै अधिकारीले कोरोना सक्रमित नेपालीलाई अक्सिजन अभावले ज्यान गुमाउनु नपरोस भनेर अक्सिजन कन्सल्टेटर उपलब्ध गराएको बताए । मातृभूमीमा आपतकालिन अवस्थामा सहयोग गर्न हरदम तयार रहने पनि उनी बताउँछन् ।