× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २२१२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १८६७

    ३ वर्ष पहिले

    साउन-३१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय १२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ७ हजार ४ सय २ जना पुगेको छ ।

    २४ घण्टामा ८ हजार ८८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ७ सय ९३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ५७ हजार ५ सय ७२ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ९५ हजार ८ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार २ सय ९८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार १८ रहेको छ भने संस्थागत आइसोलेसनमा ४ हजार २ सय ८० रहेको छ।

    २४ घण्टामा १ हजार ८ सय ६७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ८२ हजार ६ सय ८२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.५५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३३ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ९२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय १९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ५८ जना र भेन्टिलेटरमा १ सय ९३ जनाको उपचार भईरहेको छ ।