× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा कडा बनाउँदै भाद्र १० गते सम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    साउन-३१, जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा कडा बनाउँदै भाद्र १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

    कार्यालयले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र अनिवार्य रुपमा मास्क प्रयाेग गर्न र भौतिक दुरी कायम गर्न आग्रह गरेको छ । बढी भीडभाड हुने सरकारी कार्यालयहरु मालपोत, प्रशासन, नापी तथा यातायात व्यवस्था कार्यालयको सेवा प्रवाह स्थगन गरिएको बताइएको छ ।

    यस्तै यसअघि जस्तै ठेला तथा फुटपाथ पसल, सपिङ महल, स्ट्रिट फुड पसल, सैलुन, व्यूटीपार्लर सञ्चालनमा रोक लगाइएको छ । खाद्यान्न, तरकारी, फलफूल, डेरी, पोल्ट्रीजन्य पसल, एग्रोभेट, रासायनिक मल, पूजा सामग्री पसलहरू दैनिक बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ भने दूध डेरी बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

    यस्तै, इलेक्ट्रिक, भाँडा पसल, कपडा पसल, कस्मेटिक पसल, स्टेशनरी, टेलरिङ, सुनचाँदी पसल, मोटरपार्टस्, अटोमोबाइल, निर्माण सामग्रीलगायतका व्यापारिक पसलहरु आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

    यस्तै, खाजाघर, रेष्टुरेन्ट तथा मिठाइपसलहरु दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ । हरेक दिन बैंक तथा अन्य वित्तीय संस्था, सहकारी, रेमिटेन्स सेवा सञ्चालन गर्न पाइनेछ । सहकारीहरुले घरदैलोमा गएर रकम संकलन गर्न पाइने छैन ।

    यसैगरी निजी तथा सार्वजनिक सवारी साधनहरु जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर सञ्चालन गर्न पाइनेछ । यसअघि जस्तै अब पनि कुनै प्रकारको सभा, सम्मेलन, सेमिनार, महोत्सव सञ्चालन गर्न नपाइने उल्लेख छ । भौतिक रुपमा नै उपस्थित भइ गर्नुपर्ने साधारण सभा गर्न पाइने छैन ।

    यसैगरी भौतिक रुपमै उपस्थित भएर पठनपाठन गर्न नपाइने, सिनेमा, पार्टी प्यालेस, ब्युटी पार्लर, सैलुन, जिमखाना, फुटसलहरु सञ्चालन गर्न पाइने छैन ।

    यस्तै मठमन्दिर, मस्जिद, गुम्बा तथा चर्चलगायतका धार्मिकस्थलमा नित्य पूजा बाहेक अन्य जमघट गर्न नपाइने उल्लेख छ ।चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातका सवारी साधनहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सञ्चालन गर्न पाउने भएका छन् ।