३ वर्ष पहिले
साउन-३१, अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । गानीसँगै प्रथम उपराष्ट्रपति अम्रुल्लाह सलेहले पनि देश छोडेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।
उनीहरू ताजकिस्तानतिर लागेको त्यहाँका मिडियाहरूले लेखेका छन् ।
तालिबानले अफगानिस्तानको राजधानी काबुललाई चारैतिरबाट घेरा हालेपछि त्यहाँका राष्ट्रपति तथा उपराष्ट्रपति देश छोडेको जनाइएका छन् ।