३ वर्ष पहिले
साउन-३२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ५१ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख १० हजार ८ सय ५३ जना पुगेको छ ।
२४ घण्टामा १० हजार ९३ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ५ सय ६६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ६७ हजार ६ सय ६५ जनाको पिसिआर भएको जनाईएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय १८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय ८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ३ लाख ९५ हजार ८ सय ५३ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार ३६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ३५ रहेको छ।
२४ घण्टामा २ हजार ४ सय ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४९ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय २७ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय २ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ९५ जना र भेन्टिलेटरमा १ सय ९७ जनाको उपचार भईरहेको छ ।