× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३२७४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १९२९

    ३ वर्ष पहिले

    भदौ-१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार २ सय ७४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख १४ हजार १ सय २७ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ५ सय ६५ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ७९ हजार २ सय ३० जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ६ हजार १ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ८ सय १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ७ हजार ४ सय ९५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ८ सय ७१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार ५ सय ७५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार २ सय ९६ रहेको छ।

    २४ घण्टामा १ हजार ९ सय २९ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ८७ हजार ६९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.३९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २७ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ५४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय १५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ९० जना र भेन्टिलेटरमा १ सय ९१ जनाको उपचार भईरहेको छ ।