× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

    ३ वर्ष पहिले

    भदौ-२, नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री बन्ने भएकी छन्।

    बागमती प्रदेश नेकपा एमालेको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएसंगै आजै मुख्यमन्त्री डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यलाई मुख्यमन्त्री बनाउन लागेका हुन्।

    नेतृ शाक्य नेकपा एमालेको नेपाल–खनाल खेमामा रहेकी र केपी ओलीको आलोचकका रुपमा चिनिन्छ ।

    वाग्मती प्रदेशमा सभामुखसहित १०९ जना सांसद छन । तीमध्ये ५६ जना एमालेका छन् । एमालेका ५६ सांसदमध्ये २३ जना नेपाल पक्षका छन् ।

    प्रदेशमा सरकार बनाउनका लागि ५५ जना सांसद भए पुग्छ । बुधबार शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गर्दा ४९ जना सांसदहरुको उपस्थिति रहेको थियो भने ७ जना सांसदहरु अनुपस्थित थिए ।