× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३४०३ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१०४

    ३ वर्ष पहिले

    भदौ-२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख १७ हजार ५ सय ३० जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ८ सय ३९ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३७ लाख ९१ हजार ६९ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख १२ हजार ४ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ३८ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार ८ सय ६ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५ सय ३२ रहेको छ।

    २४ घण्टामा २ हजार १ सय ४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ८९ हजार १ सय ७३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ४२ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ९६ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ५७ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ७० जना र भेन्टिलेटरमा १ सय ८६ जनाको उपचार भईरहेको छ ।