× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३०७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २१२६

    ३ वर्ष पहिले

    भदौ-३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २० हजार ५ सय ६ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा ११ हजार ९ सय ४६ जनाको पिसिआर परीक्षण गर्दा २ हजार ३ सय २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ३ हजार १५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ९२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ७ सय ५४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख १६ हजार ९ सय ८६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५ सय रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३७ हजार १ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८६ रहेको छ।

    २४ घण्टामा २ हजार १ सय २६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ९१ हजार २ सय ९९ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२४ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३३ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय २९ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ८५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय ३९ जना र भेन्टिलेटरमा १ सय ६८ जनाको उपचार भईरहेको छ ।