× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सापारु अर्थात् गाईजात्रामा देशभरका नेवार समुदायलाई सार्वजनिक विदा

    ३ वर्ष पहिले

    भदौ-३, सरकारले भदौ ७ गते सापारु अर्थात् गाईजात्राको दिन देशभरका नेवार समुदायलाई सार्वजनिक विदा दिने भएको छ ।

    बिहीबार बसेको मन्त्रपरिषद बैठकले भदौ ७ गते गाईजात्राको दिन नेवार समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    यसअघि काठमाडौं उपत्यकामा मात्र गाईजात्राको दिन नेवार समुदायलाई विदा दिने गरेको थियो । नेपालका नेवारहरुको प्रतिनिधित्वमुलक साझा राष्ट्रिय संगठन ” नेवा: देय् दबू ” ले सापारु अर्थात गाईजात्रा पर्बमा उपत्यकामा मात्र दिइदै आएको सार्बजनिक बिदा मुलुक भर गर्नु पर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको थियो ।

    त्यसैगरी सरकारले भदौ १४ गते कृष्ण जन्माष्टमीको दिन पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।