× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ३०४२ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२४४

    ३ वर्ष पहिले

    भदौ-४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २३ हजार ६ सय ४७ जना पुगेको छ ।

    २४ घण्टामा १० हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा २ हजार ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख १३ हजार ५ सय ४५ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार १ सय २४ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ९ सय ६३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख २४ हजार १ सय १० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३ सय ९ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार ९ सय २२ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ८७ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ४४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २६ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय ४६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय १४ जना र भेन्टिलेटरमा १ सय ७१ जनाको उपचार भईरहेको छ ।