× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २०७५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २३८२

    ३ वर्ष पहिले

    भदौ-५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख २५ हजार ७ सय २२ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार ७ सय ३ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ४ सय २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख २१ हजार २ सय ४८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ७२ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ६ सय ५१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख २९ हजार ४ सय ८२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३ सय २१ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३६ हजार १५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३ सय ६ रहेको छ।

    २४ घण्टामा २ हजार ३ सय ८२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ६ लाख ९५ हजार ९ सय २५ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.२८ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ८५ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ४ सय २३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ७ सय १८ जना र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भईरहेको छ ।