× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेको बहिष्कारसंगै लुम्बिनीका मुख्यमन्त्रीले पाए विश्वासको मत

    ३ वर्ष पहिले

    भदौ-७, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बैठक वहिष्कारसंगै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्।

    सोमबार प्रदेश सभाको नवौँ अधिवेशनको चौथो बैठकमा उनले विश्वासको मत पाएका हुन्।

    प्रदेश सभामा जम्मा उपस्थित स‌ंख्या ४३ रहेकोमा मुख्यमन्त्री केसीले ४२ मत पाएका छन्। एक जना भने तटस्थ बसेका थिए।

    हाल प्रदेशसभामा ८० जना सांसद छन्। केसीको पक्षमा परेको ४२ मत परेसँगै विश्वासको मत पाएको सभामुखले घोषणा गरेका हुन्।