× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    स्वास्थ्य मापदण्डलाई ध्यान दिदै मुग्लिनका नेवार समुदायले मनाए यसपालीको गाइजात्रा

    ३ वर्ष पहिले

    भाद्र ७, मुग्लिन ।
    आज देशभर छरिएका नेवार समुदायले गाइजात्रा पर्व मनाएका छन् । देशैभर छरिएर रहेका विषेश गरेर नेवार समुदायले यस पर्वलाई धुमधाम संग मनाउने गर्दछन् ।

    कारोना महामारीका कारण पहिले जस्तो रौनक नभएपनि मुग्लिनका नेवार समुदायले यस वर्ष सामान्य तरिकाले गाइजात्रा पर्व मनाएका छन् ।

    DCIM\100MEDIA\DJI_0638.JPG

    विगतका वर्षहरुमा नेवारी भेषभुषा, बाजागाजा सहित लाखे नाच तथा विभिन्न कला संस्कृति प्रर्दशन गर्दै गाइजात्रा मनाउने गरेकामा यसपटक भने कोरोना महामारीका कारण जात्रामा कम संख्यामा उपस्थित रहेर सामान्य तरिकाले जात्रालाई निरन्तरता दिएको नेवार गुठी समाजका अध्यक्ष जुना राजभण्डारीले बताउनुभयो ।


    गाईजात्रामा एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाईलाई बजार परिक्रमा गराइन्छ । मानिसलाई गाईको रुपमा सिंगारी बजार परिक्रमा गराइने र उनीहरुलाई दुध, फलफुल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा पनि रहेको छ ।

    मुग्लिनमा यस वर्ष २ वटा घरबाट गाइ निकालिएको थियो, निकालिएको गाइलाई विचबजार, मुखियाटोल, सिमलधारा स्थित रहेको इच्छाकामना मन्दिर परिक्रमा गराएपछि त्रिशुली नदिमा लगेर सेलाइएको थियो ।

    DCIM\100MEDIA\DJI_0636.JPG


    मल्लकालमा छोरोको निधनभएपछि शोकमा डुबेकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले सन्तान गुमाएका परिवारले गाईजात्रा निकाल्ने परम्परा बसाएको मानिदै आएको छ ।