× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काठमाडौं उपत्यकामा भाद्र १६ गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-८, काठमाडौं उपत्यकामा भाद्र १६ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको छ।आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    आज जारी गरेको निषेधाज्ञामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाएको छ । त्यसैगरि अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र निस्कने परे अनिवार्य रुपमा मास्क प्रयोग गर्न र २ मिटरको भौतिक दुरी कायम गर्न आग्रह गरेको छ ।

    पसल तथा ब्यबसायहरु दैनिक बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ भने कुनै प्रकारको सभा, सम्मेलन,पाटि प्यालेस, महोत्सव, डान्सबार, दोहारी, नाचघर सञ्चालन गर्न नपाइने उल्लेख छ ।

    गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण लगायतका क्रियाकलाप भने भौतिक उपस्थितिमै बढीमा २५ जनाको सहभागितामा गर्न पाउने भएको छ ।

    स्थानिय ढूवानी बिहान ९ बजेदेखि ११ बजे र साझ ४ बजेदेखि ७ बजे सम्म सञ्चालन गर्न पाइने छैन ।

    उपत्यकामा संक्रमण दर बढेमा निषेधाज्ञालाई पुनरावलोकन गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशमा जनाएको छ ।