× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा २५२५ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २०८६

    ३ वर्ष पहिले

    भदौ-८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ५ सय २५ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ३१ हजार ९ सय ६८ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ९ सय ९ जनाको पिसिआर परीक्षण गर्दा २ हजार २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ४९ हजार ३ सय ४ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ४ हजार ९ सय १ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ५ सय ५ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ४० हजार ७८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २ सय ५० रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३५ हजार १ सय ४५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार १ सय ५ रहेको छ।

    २४ घण्टामा २ हजार ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख २ हजार १ सय ८६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४० रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको ३५ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ६८ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ९५ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २० जना र भेन्टिलेटरमा १ सय ७० जनाको उपचार भईरहेको छ ।