× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    टोकियो पारालिम्पिकको भव्य उद्घाटन

    ३ वर्ष पहिले

    भदौ-९, कोरोना भाइरसको महामारीबीच मंगलबार जापानको टोकियोमा पारालिम्पिक खेलकुदको भव्य उद्घाटन भएको छ ।

    टोकियो पारालिम्पिकमा १६२ राष्ट्रका ४ हजार ४ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसले २२ खेलबाट ५३९ पदकको लागि प्रतिस्पर्धा गर्ने छ ।

    उद्घाटनको मार्च पासमा नेपालबाट एक मात्र खेलाडीले पलेशा गोवर्धनले नेपालको झण्डा बोकेकी थिइन् ।

    पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्दै ४४ क्याटगोरी अन्तर्गत महिला ५८ केजी मुनि तौल समूहमा खेल्दैछिन् ।

    पारालिम्पिकमा सहभागिता जनाउन पलेशासहित ६ सदस्यीय नेपाली टोली टोकियोमा रहेको छ । कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा. दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रुपमा नेपालको प्रतिनिधित्व गर्दै जापान गएका छन् ।