× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिन प्रहरीद्धारा सवारी चालकहरुकोे निशुल्क स्वास्थ्य परिक्षण

    ३ वर्ष पहिले

    भाद्र ९, मुग्लिन ।
    मुग्लिनमा प्रहरीले आज सावरी चालक तथा सह–चालकहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । मुग्लिन हाइवे हस्पिटलको समन्वयमा इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालय मुग्लिनले संयुक्त रुपमा स्वास्थ्य परिक्षण गरेको हो ।

    इच्छाकामना गाउँपालिका स्थित ट्राफिक प्रहरी चेकपोष्टमा स्वास्थ्य परिक्षण तथा परामर्श संचालन गरेर चालक तथा सहचालकको स्वास्थ्य परिक्षण गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका परामर्श दिइएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी सहायक निरिक्षक नरहरी अधिकारीले जानकारी दिनुभयो ।

    शिविरमा ६३ जना सवारी चालक तथा सहचालकले स्वास्थ्य परिक्षण गराएका छन् । परिक्षणका क्रममा अधिकांशलाई उच्च रक्तचापको समस्या देखिएको मुग्लिन हाइवे हस्पिटलका मेडिकल अफिसर डा. प्रमोद कोइरालाले बताउनुभयो ।

    सवारी चालकहरुले खाना खाने समयलाई ध्यान नदिदा पनि चालकहरुलाई विभिन्न प्रकृतिको रोगहरु देखापर्ने गरेको र सकेसम्म चालकहरुले निश्चित समय भित्र खाना खाने गर्नुपर्ने, ड्राइफुडहरु नखाने, पानी र फलफुल बढी मात्रामा खाने गर्नुपर्ने डा. कोइरालाले बताउनुभयो ।

    अनिदो र उच्च रक्तचाप भएका सवारी चालकहरुले सवारी हाक्दा दुर्घटनाको संख्या बढेको कारण दुर्घटना न्युनिकरणको लागि यस्तो अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी सहायक निरिक्षक अधिकारले बताउनुभयो ।

    ट्राफिक प्रहरी कार्यालय मुग्लिनले यस अघि पनि मुग्लिन हाइवे हस्पिटलको समन्वयमा नियमित रुपमा सवारी चालकहरुको स्वास्थ्य परिक्षण गर्दै आएको छ भने विद्यार्थी तथा पैदल यात्रीहरुलाई ट्राफिक जनचेतना सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।