× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कास्कीमा भदौ १८ गतेसम्मको लागि निषेधाज्ञा थपियो

    ३ वर्ष पहिले

    भदौ-९, जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ १८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ।

    बुधबार बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले यातायातमा लागू गरिएको जोर बिजोर प्रणाली कायम गर्दै निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

    यसअघि जस्तै होटल, रेष्टुरेण्ट खोल्न दिइएको छैन । तर टेक अवे सेवा भने दिन सकिने छ । होटलले बाहिरबाट आएका पाहुनालाई वेड क्षमताको ५० प्रतिशत मात्रै राख्न अनुमति दिइएको छ ।

    सभा, सम्मेलन, गोष्ठी जस्ता कार्यक्रम पूर्ण रुपमा निषेध गरिएको छ । विश्वविद्यालय, क्याम्पस, विद्यालय लगायत सबै शैक्षिक संस्थाको भौतिक पठनपाठन बन्द गरिएको छ । निर्धारित परीक्षा बाहेक अरु परीक्षा लिन नपाईने, मठ, मन्दिर, चर्च, मस्जित, गुम्बा नित्य पुजा बाहेक अरु बन्द छ भने पसलहरु दुई मिटर दुरी कायम गरेर बिहान ५ देखि साँझ ८ बजेसम्म खोल्न मिल्ने नियम तोकिएको छ ।

    यस्तै ढुंगा गिट्टी बालुवा सिमेन्ट इट्टा लगायतका निर्माण सामग्री बोकेका सवारीसाधनहरु साझ ७:०० बजेदेखि बिहान ५:०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने भएको छ।

    प्रशासनले जारी गरेको आदेशको पालना नभएमा वा अवज्ञा भएमा स्थानीय प्रशासन ऐन २०२८, संक्रमणक रोग ऐन २०२०, कोभिड संकट व्यवस्थापन अध्यादेश २०७८ एवं अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ।