३ वर्ष पहिले
भदौ-१०, प्रदेश नं १का मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनीयताको सपथ लिएका छन्। बिहीबार उनले प्रदेश प्रमुख सोमनाथ प्यासीसँग सपथ लिएका हुन्।
शेरधन राईले आजै संसदीय दलको नेताबाट राजीनामा दिएसंगै आचार्यलाई आजै एमालेले संसदीय दलको नेतामा चयन गरेको थियो ।
संसदीय दलको नेता बने लगत्तै मुख्यमन्त्रीमा नियुक्त भएका आचार्यलाई प्रदेश प्रमुख प्यासीले संविधानको धारा १६८(१) बमोजिम मुख्यमन्त्रीलाई सपथ खुवाएका हुन्।