× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सेतिदोभानमा खस्यो पहिरो, मु–ना सडक अवरुद्ध ।

    ३ वर्ष पहिले

    भाद्र १०, चितवन
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत सेती दोभानमा पहिरो खस्दा राजमार्ग अबरुद्ध बन्न पुगेको छ । केहि दिन देखिको अविरल वर्षाका कारण सेती दोभानमा पहिरो खसेको हो । निरन्तर वर्षा भइरहेको र रातको समयमा पहिरो हटाउन समस्या हुने भएकोले सवारी आवगमनलाइ बन्द गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक सूर्य बहादुर रानाले हाइवे समाचारलाई जानकारी दिएका छन् । निरन्तर वर्षा भइरहेको हुँदा उक्त सडक खण्डमा जतिबेला पनि पहिरो खस्ने जोखिम भएको कारण सवारी सधानलाई मुग्लिन र जुगेडिमा रोकिएको उहाँले बताउनुभयो । रोकिएको सवारी साधनलाई थप पहिरो नखसे भोली विहान ६ बजे प्रवेश दिइने प्रहरी निरिक्षक रानाले जानकारी दिनुभएको छ ।