× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    काबुलमा दुई शक्तिशाली विस्फोट:१३ अमेरिकी सुरक्षाकर्मीसहित ६० जना भन्दा धेरैको मृत्यु

    ३ वर्ष पहिले

    भदौ-११, अफगानिस्तानको काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिरा ले जनाएको छ।

    अफगानिस्तानमा तालिवानको कब्जापछि देश छोड्न आतुर मानिसहरुलाई लक्षित गरी बिहीबार साँझ दुईवटा बम हमला भएका थिए।

    एउटा विस्फोट बिमानस्थलको अबय गेटमा र अर्को विस्फोट विमान स्थल नजिकैको बेरन होटलमा गराएको थियो। दुईमध्ये एउटा आत्माघाति विस्फोट गराएको जनाएको छ।

    हमलामा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गएका छन् भने १४० जना घाइते भएका छन् । अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

    राष्ट्रपति बाइडेनले अपराधीहरुलाई खोजेर शिकार गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

    सो घटनाको अन्तर्राष्ट्रिय आतंकवादी संस्था आइएसआइएलले जिम्मा लिएको जनाएको छ।