३ वर्ष पहिले
भदौ–११,
अविरल वर्षा पछि आएको पहिरोको कारण मुग्लिन नारायणगढ गएराति देखि अबरुद्ध बन्न पुगेको छ ।
सानो ठुलो गरी दर्जन भन्दा बढी ठाउमा खसेको पहिरो विहान देखि नै हटाउने प्रयास भइरहेको छ ।
पाच किलोमा खसेको ठुलो पहिरो र अन्य साना पहिरोहरु सबै हटाइ सकेको अवस्था छ ।
उता सेती दोभानमा भने पहिरो हटाउने काम भइरहेको छ ।
सेती दोभान र १४ किलोको पहिरो हटाइ एकतर्फी मात्र राजमार्ग सञ्चानलमा ल्याउन अझै २ घण्टा समय लाग्न सक्ने ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।