× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन प्रहरीद्वारा ४ दिन मा ८९ फरार अभियुक्त पक्राउ

    ३ वर्ष पहिले

    भदौ-१२, चितवन जिल्लामा प्रहरीले सर्च अपरेशनद्वारा ८९ जना फरार अभियुक्त पक्राउ गरेका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको अनुसार प्रहरीद्वारा संचालन गरेको फरार पक्राउ अप्रेसन को क्रममा भदौ ०८, ०९, १० र ११ गते चार दिनको अवधिमा चोरी, लागू औषध, बहु बिबाह, बन पैदावार, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद,सवारी अंगभंग, सवारी ज्यान लगायतका मुद्दामा कैद तथा जरिवाना तोकिई फरार रहेका ८१ जना पुरूष र ८ जना महिला गरी जम्मा ८९ जना फरार व्यक्तिहरूलाई पक्राउ गरेको हुन् ।

    प्रहरी कार्यालयले पक्राउ अभियुक्तहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाईएको छ ।