× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १८५७ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२२२

    ३ वर्ष पहिले

    भदौ-१२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५७ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ४० हजार ८ सय ५ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार ४ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय १६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ८६ हजार ८ सय ७८ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा ३ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ५८ हजार ४ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८ सय ६६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३३ हजार ८ सय ३५ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ३१ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय २२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख १० हजार ४ सय ५२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.४९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २७ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ९० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ४६ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय १५ जना र भेन्टिलेटरमा १ सय ७४ जनाको उपचार भईरहेको छ ।