× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १३८८ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या २२६०

    ३ वर्ष पहिले

    भदौ-१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८८ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ४२ हजार १ सय९३ जना पुगेको छ ।

    २४ घण्टामा ७ हजार २ सय ५९ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३८ लाख ९४ हजार १ सय ३७ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार ३८ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ७४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ६१ हजार ४ सय ९९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७ सय ९६ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३२ हजार ७ सय ४४ रहेको छ भने संस्थागत आइसोलेसनमा ३ हजार ५२ रहेको छ।

    २४ घण्टामा २ हजार २ सय ६० जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख १२ हजार ७ सय १२ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६२ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २४ संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय १४ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय ४३ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ६ सय २५ जना र भेन्टिलेटरमा १ सय ६७ जनाको उपचार भईरहेको छ ।