× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आजको मौसम: केही प्रदेशमा भारी वर्षाको सम्भावना

    ३ वर्ष पहिले

    भदाै-१४, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार देशभर सामान्य देखि पूर्ण बदली रहेको छ.। गण्डकी प्रदेश, लुम्बिनिप्रदेश कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

    आज दिउँसो देशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

    यस्तै राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मौसम विज्ञान विभागले चेतावनी तथा परामर्श जारी गर्दै देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना साथै लुम्बिनि प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरेको छ।