× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ड्रोन हमला गरी प्रवेश गरेका अमेरिकी सेना ड्रोन हमला गरी फर्केँ

    ३ वर्ष पहिले

    भदौ-१५, अमेरिकाले झण्डै २० वर्षअघि ड्रोन हमला गरी अफगानिस्तान प्रवेश गरेका थिए अहिले फेरि अफगानिस्थान छोड्नु अघि ड्रोन आक्रमण गरी फर्केका छन्।

    ड्रोन हमलामा क्षतिग्रस्त कार

    गत बिहीबार काबुल विमानस्थलमा बिहीबार भएका दुई शक्तिशाली विस्फोटमा परी १३ अमेरिकी सुरक्षाकर्मीसहित १७५ भन्दा बढीको ज्यान गएको थियो त्यसैको बदला स्वरुप प्रहार गरेको ड्रोन हमलामा तीन जना बालबालिकासहित ६ जना सर्वसाधारण मारिएको अलजजिराले जनाएको छ।

    ड्रोन हमलामा क्षति भएको सर्वसाधारणको घर

    सो हमलामा काबुल विमानस्थलमा भएको बम बिस्फोटको आक्रमणकारी तथा आइएसआइएलका आतंकवादी मारिएको अमेरिकी सेनाले बताएको छ।

    तालिबानले विदेशी सेना फिर्ताको लागि दिएको समयसीमा को अघिल्लो दिन ड्रोन हमला गरी तोकेको समयसीमा अगष्ट ३१ कै दिन अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएको हो ।

    अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि खुशियलीमा तालिबानीले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएको दृश्य

    अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडेलगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएको थिए ।

    अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएसँगै अब काबुल विमानस्थललाई तालिबानले आफ्नो हातमा लिने छ । तालिबानले अब विमानस्थलमा व्यापारिक उडानको शुरुवात गर्ने र कागजात भएका व्यक्ति देशबाहिर जान पाउने बताएको छ ।