× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा १६६४ जना कोरोना भाइरस संक्रमित थपिए, निको हुनेको संख्या १७८६

    ३ वर्ष पहिले

    भदौ-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६४ जनाले संक्रमित थपिएका हुन् ।यो संगै नेपालमा संक्रमित हुनेको संख्या ८ लाख ४६ हजार १ सय ५२ जना पुगेको छ ।

    २४ घण्टामा ९ हजार १ सय १७ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५ सय २३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्ममा ३९ लाख १५ हजार १ सय ४६ जनाको पिसिआर भएको जनाईएको छ ।

    पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा १ सय ४१ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ४ लाख ६८ हजार ९ सय ४५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५ सय ९२ रहेको छ । होम आइसोलेसनइसोलेसनमा रहनेको संख्या ३३ हजार २ सय १४ रहेको छ भने संस्थागत आइसोलेसनमा २ हजार ३ सय ७७ रहेको छ।

    २४ घण्टामा १ हजार ७ सय ८६ जना निको भएका छन् । कुल निको हुनेको संख्या ७ लाख १६ हजार ३ सय ६ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८४.६५ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा कोरोनाबाट मृत्यु हुनेको २० संख्या जना रहेको छ । हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ७ सय ५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा क्वारेन्टिनमा ३ सय २९ जना रहेको छ । त्यस्तै आइसीयूमा अहिले ५ सय ३७ जना र भेन्टिलेटरमा १ सय ६४ जनाको उपचार भईरहेको छ ।