× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लेट्स क्लिन अप नेपाल र क्लिन सिटि ग्लोबलले संयुक्त रुपमा इच्छाकामना-५ का ५० विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग

    ३ वर्ष पहिले

    भदौ_१६, कोभिड-१९को महामारी नियन्त्रणका लागि सरकारद्वारा जारी निषेधाज्ञाका कारण छाक टार्न मुश्किल विपन्न चेपाङ परिवारलाई लेट्स क्लिन अप नेपाल र क्लिन सिटि ग्लोबल नामक वातावरण सम्बन्धि काम गर्ने संस्थाले संयुक्त रुपमा इच्छाकामना वडा नं ५ का ५० विपन्न चेपाङ परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

    चितवनको इच्छाकामना गाउँपालिका वडा नं.५ का विकट चेपाङ गाउँ धोस्घारी, जौगैरा,टार र बेसडाडाका ५० विपन्न चेपाङ परिवारलाई राहत स्वरुप चामल एक/एक बोरा, दाल, नुन, तेल, चिउरा,नुहाउने तथा कपडा धुने साबुन, चिनि चियापति,माक्स लगायत अत्यावश्यक खाद्यान्न सामाग्री सो वडाका वडा सदस्य निर्मला श्रेष्ठको सिफारिसमा सहयोग गरिएको लेट्स क्लिन अप नेपालका अध्यक्ष राज श्रेष्ठले बताए ।

    सो संस्थाले खाद्यान्न सहयोगका साथै महिलाको महिनावारी स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरि इच्छाकामना गाउँपालिकाका वडा नं ५ का २३ चेपाङ महिलालाई सेनेटरी प्याड वितरण गरेका थिए ।

    खाद्यान्न सहयोग कार्यक्रममा ईच्छाकामना गाउँपालिका वडा नं. ५ का वडा सदस्य एवं कार्यपालिका सदस्य निर्मला श्रेष्ठ , वडा कार्यालय का सचिव चन्द्रभेदी अधिकार, मर्स्याङ्दी सहकारी सस्थाका कार्यालय प्रमुख तथा समाजसेवी कुमार श्रेष्ठ, नेपाली कांग्रेस वडा कमिटि का सभापति राजेन्द्र त्रिपाठी, माओवादी केन्द्रका नेता रामप्रसाद बोहोरा, इच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजु, कर्तव्यनिष्ठ महिला समाजकी अध्यक्ष सिर्जना देवकोटा,सिर्जनशील महिला जागरण केन्द्रकी अध्यक्ष सावित्री पुडासैनी, नेवार गुठि समाज मुग्लिनका उपाध्यक्ष राजु श्रेष्ठ, मर्स्याङ्दी सहकारी विधुत विभाग प्रमुख टि.एन श्रेष्ठ, लेट क्लिन अप नेपालका अध्यक्ष राज श्रेष्ठ तथा सो संस्थाका कोषाध्यक एवं कार्यक्रम संचालक टेकलाल श्रेष्ठ लगायतका उपस्थिति थिए ।